Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै प्रधानमन्त्री प्रचण्डकाे जीवन: क्रान्तिको नेतृत्वदेखि तेस्राे पटक प्रधानमन्त्रीसम्म
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

प्रधानमन्त्री प्रचण्डकाे जीवन: क्रान्तिको नेतृत्वदेखि तेस्राे पटक प्रधानमन्त्रीसम्म

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
6 मिनेट पढ्नुहोस्
SHARE


अत्रीदेव खबर/ काठमाडाैं
प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनले प्रधानमन्त्री बन्न सफल भएका हुन्। उनको नियुक्तिसँगै निर्वाचन परिणाम प्राप्त भएपछि विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ।
पछिल्लो निर्वाचनमा मतका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा स्थापित भएका हुन्। विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री भएका थिए। उनलेले दोस्रो कार्यकालमा आफूले जनअपेक्षाअनुसार काम गर्नसकेको सार्वजनिकरूपमा नै बताउँदै आएका छन्।
नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ।
उनले विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका उनले २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।
नवनियुक्त प्रधानमन्त्री दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए। विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका थिए। उनलेले एमपीएसम्मको अध्ययन गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरेका हुन्। विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उनलेको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो। हाल उनले आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन्।
विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरेका दाहालको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो। उनलेका तीन छोरी र एक छोरामध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ।
उनले नारायणी विद्या मन्दिर मावि शिवनगर (२०२९) साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए। विसं २०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले रामबहादुर थपा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए।
उनले २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए। उनले विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।
विसं २०४१ मा नेकपा (मशाल)को पाँचाैँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भए।
यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री रहेका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो। विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए।
विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए।
विसं २०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष भनेका प्रधानमन्त्री दाहाल विसं २०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए। उनले विसं २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए। यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए।
साथै उनलेले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका छन्। अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ (भाग १, २ र ३) ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन्।
उनले २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ– १० र रोल्पा– २ बाट निर्वाचित भएका थिए। २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा– ५ बाट निर्वाचित भएका थिए। संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९औँ प्रधानमन्त्रीमा निर्वाचित भए।
यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन।
विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो। सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो। सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्‍यो।
यस्तै, २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले गोरखा क्षेत्र नं २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी भएका हुन्। सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बनेका हुन्।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार दाहाललाई सात दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थन
Next समाचार पुष्पकमल दाहाल”प्रचण्ड”ले लिए प्रधानमन्त्रीको शपथ
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

नमुना मतदान सम्पन्न 

२०७९ कार्तिक १७, बिहीबार २०:३९

घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलबाट मदिरा बरामद

२०७९ आश्विन ३, सोमबार १७:०७

समानुपातिकमा युवालाई जोड दिएका छौं : वर्षमान पुन

२०७९ आश्विन ३, सोमबार १९:३४
फ्ल्यास फोटो

पुष्पकमल दाहाल”प्रचण्ड”ले लिए प्रधानमन्त्रीको शपथ

२०७९ पुष ११, सोमबार १६:३६

उद्दार र राहतमा खटिन आफ्ना कार्यकर्तालाई माओवादीको निर्देशन

२०७९ आश्विन २, आईतवार १७:४२

घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जैसी विजयी

२०७९ भाद्र २९, बुधबार २१:२७

अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार

२०७९ आश्विन ८, शनिबार २१:१०
फ्ल्यास फोटो

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

२०७९ पुष २६, मंगलवार ०९:१३
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.