Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै आमा बुवा बिनाको यो दसैं…!!!
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटोविचार/ब्लगसमाचार

आमा बुवा बिनाको यो दसैं…!!!

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
4 मिनेट पढ्नुहोस्
SHARE

यस वर्ष बडा दशैं सबैको घर आँगनमा पाइला टेकिसकेको छ । चारैतिर गुन्जिएको मालश्रीको विशेष धुनले सुनमा सुगन्ध थपिदिएको छ । दशैंको लहडमा मनका आवेगहरू अभिव्यक्त गर्न लहडिएको यो लेखकलाई विगतका दशैंको ताजा क्षण स्मरण गराएको छ । पढ्ने बेला होस् या जागिर खाने क्रममा घर सँगको भौतिक दुरी बढे पनि १९ वर्षको उमेरसम्म आइपुग्दा परिवारबाट टाढिएर, घर नगएर दसैँ नमनाएको याद छैन ।

दशैंमा घर कहिले जाने सर ? जसले जहाँ देखे पनि सोधिरहेको प्रश्न । ‘जान्छु होला छिटै’ मेरो भनाई । तर अहँ मलाई घर जानै छैन । किन नजानु त्यो पनि थाहा छैन । वर्षको ठुलो चाड झन् त्यसमाथि सबैभन्दा धेरै दिन बिदा हुने समय । दसैँ मान्यजन ठुलाबडाबाट आशिष थाप्ने चाड न हो । जन्मदाता भन्नु या सृष्टिकर्ताकै रूपमा रहेका बा–आमा भन्दा ठुलाबडा अरू को हुन सक्छन् होला र ?

यसै म एउटा सञ्चार संस्थामा जोडिन पुगेँ। मेरो लामो कार्यअनुभवका कारण मलाई रोजगारीको लागि त्यति समस्या थिएन र विभिन्न सञ्चामाध्यमबाट अफर पनि आइरहन्थ्यो।

जिन्दगी भनेको सुखदुःखको चक्र हो भन्ने कुरा धेरैबाट सुनेको थिएँ। फेरि मेरो जीवनमा अर्को अकल्पनीय घटना घट्यो। म घरबाट टाढा भए पनि प्रायःजसो फोनमा घरका सदस्यसंग नियमित कुरा गरिरहन्थेँ। सधैँ झैँ त्यो दिन पनि मैले बिहान अफिस जानुअघि कल गरेर हजुरबुवा संग कुरा गरेको थिएँ र भेट्न म २/३ दिनपछि घर आउने कुरा भएको थियो। यो कुराले हजुरबुवा खुसी हुनु भएको थियो।

हरेक समय सधैं कहाँ एकनास रहन्छ र? हरेक खबर शुभ हुँदैनन् भन्ने कुरा मेरो जीवनमा पनि एक्कासि परेको बज्रपातले मानसपटलमा कहिले नमेटिने गहिरो छाप छोडेर गयो।

बिहान बाजे नातिको करिब १० मिनेटको वार्तालाप नै अन्तिम वार्तालाप हुनपुग्यो र मैले हजुरबुवाको आवाज कहिले नसुन्ने गरी उहाँ सदाको लागि यो संसारबाट बिदा भएको खबरले मेरो आँखाअगाडि कालो पर्दा छायो। जे नहुनु थियो, त्यही भैदियो। मैले चाहेर पनि र जति पुकार गरे पनि मेरो हजुरबुवा फर्किनु हुँदैन भन्ने कुरा मनन गर्दै मैले मेरो बाँकी काम सम्हालिएर रीतपूर्वक गर्नु थियो र गरियो पनि।

जति पीडा भिनाजुले छोडेर जाँदा पनि महसुस भएको थिएन, भिनाजु को अभावमा जिन्दगी शून्य लाग्यो। आशाहरू सबै निराशामा परिणत भए। निन्द्रा, भोक, प्यास, तिर्खा सबै हरायो। मात्र उराठ, उदास र वितृष्णाले घेरिएको जीवन जस्तो महसुस हुन थाल्यो।

समय न हो, जो सर्वशक्तिमान छ, जो धेरै बलवान छ, कसैले चाहेर पनि रोक्न सक्दैन र न कुनै आज्ञा सुन्छ न कुनै बिन्ती। यो त नियमित धारा प्रवाह बेगमा चलिरहने प्रक्रिया हो।

आफूलाई निकै कठिन अवस्थामा महसुस गर्दै म पुनः आफ्नो कर्ममा फर्किने कोसिस त गरेँ तर यति गाह्रो भयो कि मैले कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ। जिउनु थियो,कर्म गर्नु थियो र बाँकी जीवनको गोरेटो पहिल्याउनुबाहेक मेरो लागि अन्य कुनै विकल्प थिएन।

मैले मात्र आमाबुवा बिनाको जीवन मात्र भोगेको थिइनँ, यो पनि मजस्ता हजारौं लाखौं मध्यम परिवारका हरेक छोराछोरीहरूको कथा थियो।

मेरो वरिपरि अहिले बडा दसैंको रौनक छ, सुन्दर र उत्साहित माहोल छ। तर म भने एउटा घना जंगल बीचको पातहरू झरेर ठिङ्ग उभिएको उजाड रुखजस्तै छु। जसलाई देखेर जंगलका सारा हरिया रुखहरू पनि अशोभनीय महसुस गरिरहेका छन्।

यो बीचमा मलाई थुप्रै पार्टी, महोत्सवबाट निम्तो नआएको होइन तर म केवल त्यही कालो दिन सम्झिन्छु र रंगबिहीन इन्द्रेणीको कल्पना गर्छु। मलाई त्यस्तो माहोल बीचमा जान नपरोस् र कसैले निम्तो नगरिदेओस् लाग्छ।

यो बडा दसैं मात्र होइन, मेरा ४/५ दसैं यसरी नै बितेका कुराले पनि मलाई पिरोली रहन्छ र मेरो छेउछाउ यो दसैं पनि नपरोस् भन्ने लागिरहन्छ। यो चाडले मलाई जस्तै सम्पूर्ण टुहुराहरूलाई पनि यसरी पिरोली रहेको होला भन्ने मनमा खेलिरहन्छ।

खैर केही छैन, सबैको भाग्य एकनास हुँदैन। तपाईंहरू रमाउनुहोस्, समय फेरि आउँदैन आफ्नो र आफन्त बीचको जमघटलाई अविस्मरणीय बनाउनुहोस्। सुख्खा, धमिलो र अमिलो मनबाट यही शुभकामना।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार
Next समाचार एमालेबाट यी हुन् सुदूरपश्चिममा प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवार (सूचीसहित)
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला

२०७९ असार २२, बुधबार १५:२४
फ्ल्यास फोटो

जनयुद्धकी घाइते शैलजा सार्कीको घर शिलान्यास 

२०७९ पुष २६, मंगलवार २०:०५

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

२०७९ असार ११, शनिबार १८:१९

त्यो मेरो प्रेम जो कहिल्यै घटेन तिम्रा लागि सानी…

२०७९ भाद्र १५, बुधबार २१:३२

पाँचथरमा पहिराले घर बगाउँदा बेपत्ता एकै परिवारका ३ सदस्यमध्ये एक जनाको शव भेटियो

२०७९ असार १८, शनिबार १३:१३

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा संबिधान दिवसको शुभकामना

२०७९ आश्विन ३, सोमबार ०८:००

टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग

२०७९ भाद्र ७, मंगलवार २०:०६

थारू बस्तीमा बरघर छान्ने चटारो

२०७९ माघ ३, मंगलवार २१:०७
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.