Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
कैलालीराजनीतिसमाचार

टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
4 मिनेट पढ्नुहोस्
SHARE

टीकापुर घटनालाई राजनीतिक घटना रहेको बताउँदै सांसद् रेशम चौधरीसहित सम्पूर्ण राजबन्दीलाई रिहा गर्नुपर्ने माग गरिएको छ । २०७२ भदौ ७ गते टीकापुरमा घटना भएको दिनको स्मरण गर्दै कैलालीको टिकापुरमा आयोजित दुई छुट्टा छुट्टै कार्यक्रममा बोल्ने नेताहरुले उक्त कुरा बताएका हुन् ।

विद्रोह दिवसको रुपमा मनाउन मंगलबार टीकापुरमा आयोजित छुट्टा–छुट्टै समारोहका वक्ताहरूले राजनीतिक दलहरुले घटनालाई राजनीतिक घटना भने पनि निर्णय गर्न नसकेको बताएका हुन् ।

 

नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रममा टीकापुर घटनामा संलग्न भएको आरोपमा तीनबर्ष जेल जिवन विताएर रिहा भएका विसराम चौधरीले अनाहकमा आफूहरुले दुख पाएको बताउनुभयो ।

भजनी नगरपालिकाका मेयर केवल चौधरीले अधिकार प्राप्तीको राजनीतिक आन्दोलनमा राज्यले दमन गर्दा टीकापुर घटना घट्न पुगेको बताउँदै यहाँको विकासको लागि राज्यले टीकापुर घटना सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्नुभयो । थरुहट नेता लक्ष्मण थारुले हालसम्म राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलनको रुपमा लिएको बताउँदै अब हुने चुनावलाई नै आन्दोलनको रुपमा लैजान आह्वान गर्नुभयो । नेता चौधरीले टीकापुर घटना भएको सात बर्ष वित्दा समेत राजबन्दीलाई रिहा नभएको बताउदै यसै क्षेत्रका थारु नेता सरकारमा पुगेपनि थारुहरुका मुद्धामा कुनै सुनुवाई नगरेको आरोप लगाउनुभयो

टीकापुर विद्रोहको जगमा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै नेता थारुले भने, ‘सरकारले हालसम्म हाम्रो मुद्दाप्रति सकारात्मक छैन । तर आमजनताको एउटै माग छ, टीकापुर घटना राजनीतिक हो, राजनीतिक ढंगले सम्बोधन गर्नुको विकल्प छैन । जनताले आफ्नो मतमार्फत सरकारलाई सन्देश दिँदै आएका छन् । जसको परिणाम हो, नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिकाकामा जीत हासिल गर्नु । त्यसैले आउँदो चुनावलाई आन्दोलनको रुपमा लिनुपर्छ । सबैभन्दा सजिलो आन्दोलन नै निर्वाचन हो ।’

नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठले टिकापुर घटना राजनितिक घटना भएको र हकअधिकारको लागि भएको आन्दोलनलाई राजनितिक आन्दोलनको रुपमा बुझ्नुपर्ने बताउनुभयोे । उहाँले टीकापुर घटनाको आरोपमा जेल जिवन विताउन बाध्य रेशम चौधरी लगायत सबैलाई रिागर्न सबै राजनितिक दलको भूमिका रहेको बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रममा बोल्दै थरुहटका नेता लक्ष्मण थारु

थरुहट÷थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभालगायतले आयोजना गरेको अर्को कार्यक्रमलाई सम्बोधन गर्दै थारु नेताहरुले सबै राजनितिक दलहरुले थारु समुदायले राजनीतिक माग राखि गरेको आन्दोलनमा भएको घटनालाई लिएर आन्दोलनमा संलग्न निर्दोष व्यक्तिलाई जेल सजाय गरेकोप्रति विरोध जनाएका छन् ।

टीकापुर नगरपालिकाका मेयर एवं नागरिक उन्मुक्तिका नेता रामलाल डंगौरा थारुले विकास, समृद्धि र सदभावको लागि तत्काल टीकापुर घटनाको अभियोगमा थुनिएका बन्दीहरुलाई तत्काल रिहागरी रिहाइगरी टीकापुरमा सद्भाव कायम राख्नुपर्ने बताउनुभयो ।

आसन्न निर्वाचन अगाडि नै जेलबन्दीहरुलाई रिहा गरी सामाजिक सद्भावको वातावरण राज्यले सिर्जना गर्नुपर्ने समेत मेयर थारुको भनाई थियो ।

कैलालीका सबै स्थानीय तहहरुले टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरिसकेकाले सो घटनाका अभियोग लागेका व्यक्तिहरुको रिहाइ गर्न पहल गर्नुपर्ने लम्की चुहा नगरपालिकाकी मेयर सुशीला शाहीले बताउनुभयो ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटनाको निकासको लागि गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभयो । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिँदा थारुलगायत उत्पीडित समुदायमाथि अन्याय भएको उहाँको भनाइ थियो ।

२०७२ मा संविधान लेखनको क्रममा यहाँ परस्पर विरोधी थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन उत्कर्षमा थियो । यसैबीच भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो । त्यसको भोलिपल्ट भदौ ८ गते प्रशासनले कफ्र्य जारीकै समयमा थारु समुदायका ८० भन्दा घर, पसल, एफएममा आगजनी गरिएको थियो । सोही भदौ ७ गतेको घटना अभियोगमा रेशम चौधरीलगायत ५२ जनामाथि मुद्दा लगाइएको थियो । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रेशम चौधरी विजयी भएपनि पाँच वर्षदेखि कैलालीको निर्वाचन क्षेत्र नं.१ संघीय जनप्रतिनिधिविहीन भएको छ ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार विप्लवको नेपाल बन्द, कैलालीका दुई ठाउँमा प्रेसर कुकर बम फेला
Next समाचार प्रचण्डको पहलमा माडी नगरपालिकामा अर्बौंका योजना
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको घटनाप्रति महासंघको विरोध

२०७९ श्रावण ३०, सोमबार १८:२८

निर्माणाधीन झोरूङ खोला पुलमा बाढीले पुर्‍यायो क्षति

२०७९ असार १२, आईतवार १३:५७

प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ : नेता महर

२०७९ असार १२, आईतवार १५:३४

७ गोरुगाडा ३ जना मान्छे सहित सालको ३० थान गोलिया बरामद

२०७९ असार १०, शुक्रबार १७:०७

घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलबाट मदिरा बरामद

२०७९ आश्विन ३, सोमबार १७:०७

काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२०७९ असार ११, शनिबार १७:५०

सातामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ असार ११, शनिबार १८:१२

मेलम्चीको बाढीले फट्टेको पुलमा क्षति

२०७९ असार १२, आईतवार १३:५५
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.