Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै प्रचण्डको पहलमा माडी नगरपालिकामा अर्बौंका योजना
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
राजनीतिसमाचार

प्रचण्डको पहलमा माडी नगरपालिकामा अर्बौंका योजना

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
6 मिनेट पढ्नुहोस्
SHARE

चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत ५ वर्षमा अर्ब बढीका केन्द्रीय योजना परेका छन् । जसका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । नागरिकका अपेक्षा धेरै रहँदा पूर्ण प्राप्ति भई नसके पनि विकासले भने गति लिँदै गएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएसँगै केन्द्रीय पहुँचका कारण ठूलो बजेट आउन सफल भएको हो । माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार पहुँचकै कारण धेरै काम गर्न सकिएको छ । उनले भने, ‘माथि अध्यक्ष भएकै कारण म यहाँ उफ्रिन पाएँ र विकासले फड्को मार्‍यो ।’

ठाकुरको भनाइमा माडीमा विद्युतीकरणका लागि दाहाल निर्वाचित भएसँगै रु १८ करोड बजेट विनियोजन भयो । निर्वाचनअघिसम्म २७ प्रतिशत नागरिकले विद्युत्को उपभोग गरेकामा अहिले अधिकांश माडी विद्युतीकरण भएको छ । पहिले मुख्य सडकका क्षेत्रमा मात्रै विद्युतीकरण थियो ।

माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएन । सिटिइभिटीबाट मान्यताप्राप्त हुने गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीमा स्थापना भयो । ढकालले दाहालकै पहलमा १० करोड रुपैयाँ बजेटसहित शिक्षालय स्थापना भएको बताए । जहाँ अहिले कृषि, स्वास्थ्य, इञ्जीनियरिङ विषयका पढाइ हुँदै आएको छ ।

विक्रम संवत् २०७४ साउन २७, २८ र २९ गते आएको बाढीले मगुई, पसरे, चन्द्रे, बाँदरमुढे र चितई खोलाले कटान गरेको थियो । ती खोला तटबन्धनका लागि संघीय सरकारमार्फत ७ करोड विनियोजन भयो । जसले गर्दा माडी नगरपालिका–४, ५, ६ र ७ वडाका वासिन्दा लाभान्वित भएका छन् ।

माडीको परुईबाट रिउखोलासम्मको हुलाकी सडक निर्माणका लागि ५२ करोड रुपैयाँ विनियोजन भई काम अघि बढेको छ । ढकालका अनुसार ७।८ किलोमिटर लम्बाइ र ७।५ मिटर चौडाइको उच्चस्तरको सडक बनाइँदै छ । सडकको ड्रेन र कल्भर्टको काम अन्तिम चरणमा पुगेको छ । दाहालकै पहलमा काम भएको ढकाल बताउँछन् ।

विक्रम संवत् २०७४ सालको बाढीले बगाएका चितई, रतनी र भालुखोलाको पुल अन्तिम चरणमा पुगेका छन् । रतनीखोलाको पुल बुधवारै उद्घाटन हुँदैछ भने चितई र भालुखोलाको थोरै काम मात्रै बाँकी छ । गत आर्थिक वर्षमा मरोठ, चितई, मगुई, परुई, रम्टाखोला नियन्त्रणका लागि २० करोड रुपैयाँको बोलपत्र आह्वान भई काम अघि बढाइएको छ । ढकालका अनुसार टम्टाखोला नियन्त्रणको कामको शिलान्यास बुधवारै गरिँदैछ ।

गत वर्षकै बजेटमा विनियोजित निर्वाचन क्षेत्र विकास सडक शीर्षकबाट २५ करोड रुपैयाँ विनियोजन भई बरुवा–भैरवपुर–चिरौली–शीतलपुर हुँदै गगटे खोलासम्मको १० किलोमिटर सडक कालोपत्र गरिँदैछ । यसको शिलान्यास पनि आजै बरुवा बजारमा हुँदैछ । यसबाट माडीका भित्री सडक आसपास बस्ने बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

माडीलाई सहरोन्मुख नगरमा घोषणा गराएर गत आर्थिक वर्षमा १४ किलोमिटर सडक, बाँदरमुढे शान्तिपार्क र २ नम्बर वडामा सहिद पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । ढकालका अनुसार २० करोड बजेट यी आयोजनाका लागि विनियोजन भएको थियो ।

जनता आवास कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा स्थानीयले घर पाएका छन् भने भूमिहीनले लालपुर्जा पाउने क्रम शुरू भएको छ ।

दाहालकै पहलमा हुलाकी सडकमा पर्ने खोलामा सबै पुल निर्माणको क्रममा रहेका छन् । कतिपय सम्पन्न भइसकेका हुन् । दाहाल निर्वाचित हुनुअघि कतिपय पुलको काम थालिएको भए पनि पछिल्लो समय भएको पहलका कारण काम छिटो भएको हो । निवर्तमान प्रमुख ढकालले ठोरीबाट बगइसम्मको निकुञ्जभित्रको सडक कालोपत्र, वनकट्टादेखि ध्रुवसम्मको सडक कालोपत्र र पुलका लागि यो वर्षको बजेटमा विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ । यी सडक र पुल बन्न २ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने ढकालको अनुमान छ ।

यससँगै माडीका वासिन्दा प्रत्यक्ष लाभान्वित हुने उनी बताउँछन् । यसको प्रत्यक्ष लाभ ठोरीसम्मका जनताले पनि पाउने उनको भनाइ छ । माडी वडा नम्बर ७ मा कालोपत्र गर्न २ करोड, बाँदरझुला विद्युतीकरणका लागि २ करोड ८५ लाख, माडीमा कृषि विद्युतीकरणका लागि २ करोड ४३ लाख, बघौडा अस्पतालका लागि २ करोड, दिवाकर स्मृति माविका लागि १ करोड ५० लाख, जनकल्याण माविका लागि १ करोड संघीय सरकारबाट बजेट प्राप्त भएको छ ।

चालू आर्थिक वर्षमा माडीका विभिन्न आयोजनाका लागि सघन शहरी विकास तथा भवन निर्माण आयोजनामार्फत २० करोड बजेट विनियोजन भएको छ । यस्तै विभिन्न खोलाको तटबन्धनका लागि २० करोड विनियोजन भएको उनले जानकारी दिए । यसै वर्ष ५ वटा डिपबोरिङ र १८ वटा स्यालो ट्य्बेल पनि माडीमा बन्दैछन् ।

यसका अतिरिक्त विभिन्न विकासका आयोजना माडीमा अघि बढेका हुन् । दाहालले सोझै मन्त्रालयमा माडीका आवश्यक आयोजनालाई सम्बोधन गर्न आग्रह गरेसँगै आयोजनाले मूर्तरूप लिएका हुन् । स्थानीय तहमा आवश्यकताको छलफल गरी अनुरोध गरेसँगै बजेट निकासा गराउन सफल भएको ढकालको भनाइ छ ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले यस वर्ष माडीमा धेरै संघीय बजेट परेको भन्दै कार्यान्वयन गर्न सकिएमा माडीको विकासले फड्को मार्ने बताइन् । विगतमा भएका विकास निर्माणका काम ठेकेदार कम्पनीले समयमा नगरिदिँदा समस्या भएको उनको भनाइ छ । स्थानीय तहमा कम बजेट हुने हुँदा विकासका काम थोरै मात्र हुने गर्दछन् । संघीय बजेट धेरै आएसँगै माडीलाई सुन्दर नगरी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । माडीमा ३५ हजार जनसंख्या छ ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग
Next समाचार चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको संसद नन्द बहादुर साउद द्वारा उद्घघाटन
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

बाघकाे आक्रमणबाट एक महिला गम्भीर घाइते

२०७९ असार १८, शनिबार १३:०३

ब्रेन ट्युमरले कलिलै उमेरमा लियो कैलालीका जैशीको प्राण

२०७९ भाद्र २३, बिहीबार १६:३९

घोडाघोडी उद्योग वाणिज्य संघ को निर्वाचनमा गौतमलाई किन दिने त भोट??

२०७९ भाद्र २८, मंगलवार १६:२६

भरतपुर विमानस्थलको टावरनजिकै आगलागी

२०७९ असार १२, आईतवार १३:५२

टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग

२०७९ भाद्र ७, मंगलवार २०:०६

शान्ति र क्रान्तिको नेतृत्व गरेँ, अब एक पटक समृद्धिको नेतृत्व गर्छु : दाहाल

२०७९ आश्विन ३, सोमबार १९:२४

सुदूरपश्चिम सरकारले गौरा पर्वमा दिएको विदा काट्यो

२०७९ भाद्र १६, बिहीबार ०९:२०
राजनीतिसमाचार

यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य

२०७९ कार्तिक २५, शुक्रबार ०९:४१
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.