Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै ब्रेन ट्युमरले कलिलै उमेरमा लियो कैलालीका जैशीको प्राण
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
समाचार

ब्रेन ट्युमरले कलिलै उमेरमा लियो कैलालीका जैशीको प्राण

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
5 मिनेट पढ्नुहोस्
SHARE

गत वर्ष पुसमा देवलाल जैशीलाई अचानक बान्ता भयो। बान्ता भएर बेहोस भएपछि उनी मान्छे नै नचिन्नसक्ने भए। ५ महिनापछि उपचार गराउँदा उनलाई ब्रेन ट्युमर भएको चिकित्सकले बताए।

कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालाका २० वर्षीय जैशीले त्यतिबेला भरखरै कैलाली बहुमुखी क्याम्पसबाट कक्षा १२ को परीक्षा दिएका थिए। पढाईमा अब्बल रहेका उनी स्वास्थ्यसँग भने हारे। उनलाई उपचारमा लैजाँदा चिकित्सकले शल्यक्रिया गर्ने सुझाव दिएपछि जैशी परिवारले जसोतसो ऋण जुटाएर वीर अस्पतालमा शल्यक्रिया गराएका थिए।

तर, त्यसको केही समयपछि उनको समस्या फेरि बल्झिएको थियो। पुनः वीर अस्पतालका चिकित्सकलाई देखाउँदा उनको बाच्ने सम्भावना एकदमै कम रहेको भनियो। त्यसपछि अभियान चलाएर आर्थिक रकम संकलन गरी उनको उपचार भइरहेको थियो। तर बुधबार राति भने देवलालले घरमै प्राण त्यागेका छन्। डाक्टरले उपचार सम्भव नभएको भनेपछि उनलाई घर ल्याइएको थियो।

उनको देवावसानपछि उनका सहकर्मीहरु स्तब्ध बनेका छन्। पढाईमा अब्बल रहेका साथी गुमाउनुपर्दा उनीहरु मर्माहित भएका छन्।

के हो ब्रेन ट्यूमर ?

ब्रेन ट्यूमर एक गम्भीर समस्या हो। समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ। उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ। विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन्।

कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ। सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ।

लक्षणहरु:

टाउको दुख्नु

टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा पहिला तथा सामान्य लक्षण हो। ब्रेन ट्युमर भएमा सुरु–सुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ। यस्तो दुखाइ कयौंपटक यति धेरै हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन नै गमाउन सक्छ। यदि तपाईलाई पनि लगातार टाउको दुख्छ भने एकपटक अवश्य चिकित्सकलाई जचाउनुस्।

उल्टी आउनु तथा खान मन नलाग्नु

ब्रेन ट्युमरको अर्को लक्षण भनेको वान्ता हुनु हो। कहिलेकाहीँ टाउको दुख्नाले दिनभर केही खान मन लाग्दैन। टाउको दुख्ने समस्या झैं वान्ता हुने समस्या पनि सुरुसुरुमा विहानको समयमा धेरै हुने गर्छ। तर पछिपछि भएपछि यो समस्या बढ्दै जान्छ।

शरीर असन्तुलित हुनु

ब्रेन ट्युमर भएमा अक्सर रिङ्गटा लाग्ने गर्छ। कहिलेकाहीँ धेरै रिङ्गटा लागेमा मानिस ढल्नेसमेत गर्छ। विशेषगरी ट्युमर सेरिबेलममा भएमा यसले शारीरिक सन्तुलनलाई प्रभावित पार्ने गर्छ, जसले गर्दा कयौंपटक हिँड्दा हिँड्दै शरीरको सन्तुलन विग्रेर मानिस ढल्ने गर्छ।

मुर्छा पर्नु

ब्रेन ट्युमरका कारण जब कोषिकाले मस्तिष्कभित्र आफ्ना जालो विछ्याउन थाल्छ वा फैलिन थाल्छ तब यसले वरिपरिका कोषिकालाई समेत प्रभावित पार्ने गर्छ। जसका कारण विरामी बारम्बार मुर्छा पर्ने तथा बेहोश हुने गर्दछ।

हात खुट्टामा ऐठन महसुस हुनु

ट्युमरको कोषिका जब प्याराइटल लोबमा हुन थाल्छ, तब मानिसको हात तथा खुट्टामा अचानक ऐठन हुन सुरु हुन्छ। उसलाई आफ्नो शरीरका सबै अंग निस्कृय हुन थालेको महसुस हुन्छ। यो प्यारालाइसिस हुनु पूर्वको अवस्था हो।

प्यारालाइसिस महसुस हुनु

ब्रेन ट्युमरका कारण कयौंपटक मानिसको शरीरका विभिन्न अंगहरुबाट मस्तिष्कको कन्ट्रोल टुट्ने गर्छ। जसका कारण उसलाई ति अंगको संवेदनशीलता महसुस हुन सक्दैन। विरामीलाई प्यारालासिस वा पक्षघात भएजस्तो महसुस हुन्छ। यस्तो परिस्थितिमा हात तथा खुट्टाले काम गर्न बन्द गर्छ। यो स्थिति त्यतिबेला पैदा हुन्छ, जब मानिसको मस्तिष्कको प्याराइटल लोबमा ट्यूमर हुने गर्छ।

बोल्नमा समस्या

मस्तिष्कले शरीरका हरेक अंगलाई नियन्त्रण गर्दछ। त्यसैले, ट्युमरको कोषिका जुनसुकै कोषिकाको सम्पर्कमा आएपनि त्यसले उक्त कोषिकालाई प्रभावित पार्ने गर्दछ। यसैगरी, जब यी कोषिका ट्यापोरल लोबमा प्रवेश गर्छन्, तब व्यक्तिलाई बोल्नमा समस्या हुन्छ। यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुखसमेत बाङ्गिने गर्छ।

स्वभावमा परिवर्तन

ब्रेन ट्युमरका कारण हाम्रो अंग तथा मानसिक अवस्थामा मात्र नभइ स्वभावसमेत प्रभावित हुने गर्छ। ट्युमर अगाडिको लोबमा पुगेमा त्यसले व्यक्तिको स्वभावमा समेत परिवर्तन ल्याउँछ। व्यक्तिले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन, जसका कारण उसमा चिडचिडापन तथा उदासी आउने गर्छ।

सुन्नमा कठिनाइ

ब्रेन ट्यूमर जब व्यक्तिको ट्यापोरल लोबमा पुग्दछ, तब यसले बोल्नमा मात्र नभई सुन्नमासमेत समस्या उत्पन्न गराउँछ। कयौंपटक त कानको जाली पनि फाटे झैं महसुस हुन्छ।

कमजोरी महसुस हुनु

ब्रेन ट्युमरको सुरुवाती लक्षणमा टाउको दुख्नुका साथै कमजोरी महसुस हुनथाल्छ। जब मस्तिष्कमा ट्युमर पलाउन थाल्छ, तब वरिपरिका कोषिका प्रभावित हुन थाल्छन्। जसका कारण टाउको दुख्नुका साथै सम्पूर्ण शरीर कमजोर भएको महसुस हुन थाल्छ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार माओबादी केन्द्रले गर्यो उम्मेदवार सिफारिस
Next समाचार माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ ले गर्यो उम्मेदवार सिफारिस
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

घोडाघोडी उध्योग बाणिज्य संघमा मेरो उम्मेदवारी कायम छ : मनोज सुनार

२०७९ भाद्र २८, मंगलवार २०:५४

प्रचण्डको पहलमा माडी नगरपालिकामा अर्बौंका योजना

२०७९ भाद्र ८, बुधबार ०८:४२

घोडाघोडी उद्योग वाणिज्य संघ को निर्वाचनमा गौतमलाई किन दिने त भोट??

२०७९ भाद्र २८, मंगलवार १६:२६

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

२०७९ श्रावण ३, मंगलवार ०९:२८

प्रशिक्षणका लागि धनगढी आउँदै प्रचण्ड

२०७९ भाद्र १६, बिहीबार १६:३८

यातायात व्यवस्था विभागले घटायो गाडी भाडा, अब कहाँको कति

२०७९ असार १२, आईतवार १३:२५

७ गोरुगाडा ३ जना मान्छे सहित सालको ३० थान गोलिया बरामद

२०७९ असार १०, शुक्रबार १७:०७

सुदूरपश्चिम सरकारले गौरा पर्वमा दिएको विदा काट्यो

२०७९ भाद्र १६, बिहीबार ०९:२०
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.