Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै कैलाली–३ मा त्रिपक्षीय प्रतिस्पर्धा, ‘कमब्याक’को रणनीतिमा ‘कुन्दन’
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

कैलाली–३ मा त्रिपक्षीय प्रतिस्पर्धा, ‘कमब्याक’को रणनीतिमा ‘कुन्दन’

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
7 मिनेट पढ्नुहोस्
SHARE

कैलाली  ःप्रतिनिधिसभा अन्तर्गत कैलालीको क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी ‘कुन्दन’, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् ।

पहिलो संविधानसभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई तीन गुणा बढी मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः संसदीय यात्राको दौडमा छन् ।  २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रबाट गौरीशंकर चौधरी निर्वाचित भइ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रम मन्त्री थिए । तत्कालीन नेकपा खारेजीपछि गौरीशंकर एमालेमा प्रवेश गरे । यो क्षेत्र रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीको पनि बलियो पकड रहेको क्षेत्रमा पर्दछ ।

चुनावी अंकगणित

जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका र घोडाघोडी नगरपालिका समेटिएर बनाइएको सो निर्वाचन क्षेत्रमा पहिलो र दोस्रो संविधानसभा निर्वाचन हुँदै २०७४ को निर्वाचनमा माओवादी केन्द्रले विजयी हासिल गर्दै आएको हो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भने कैलारीमा कांग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ ।

एक लाख ७ हजार ६५९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका २६ वटा वडाध्ये १९ वडामा वडाध्यक्ष कांगेस, ३ वडाध्यक्ष माओवादी केन्द्र, २ वडाध्यक्ष नेकपा एमाले र २ वडाध्यक्ष नागरिक उन्मुक्तिले जितेको छ । जसका आधारमा यो क्षेत्रमा गठबन्धनका उम्मेदवार कुन्दन नै बलिया देखिन्छन् ।

को हुन् कृष्णकुमार चौधरी ‘कुन्दन’ ?

कुन्दनको राजनीतिक यात्रा २०४७ देखि सुरु भएको हो । नेकपा एमाले निकट अनेरास्ववियु पाँचौंको साधारण सदस्यका रुपमा उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनले २०५४ मा मात्रै नेकपा एमालेको सदस्यता प्राप्त गरे । २०५६ मा नेकपा एमालेबाट माले विभाजन हुँदा उनले संस्थापन पक्ष नै रोजे ।

त्यसताका मुलुकमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धले उत्कर्ष रुप लिएको थियो । उनी एमाले छोडी नेकपा माओवादीको सशस्त्र जनयुद्धमा होमिए । २०५८ असोजदेखि भूमिगत भएको उनी सम्झिन्छन् ।

माओवादीको एरिया कमिटी सदस्य हुँदै रिजनल ब्यूरो सदस्य (आरबीएम)सम्म भए । २०६२ माओवादीको धनगढी नगर इन्चार्जको जिम्मेवारी पाएका उनी २०६२÷ २०६३ जनआन्दोलन नेतृत्वदायी भूमिका निर्वाह गरेको सुनाउँछन् ।

माओवादी शन्ति प्रक्रियामा गएसँगै उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित भए । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणदत्त मिश्रलाई पराजित गरे ।

०७२ असोज ४ गते माओवादीबाट विद्रोह गरी वैकल्पिक शक्ति निर्माण गर्न भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ दल गठन गरेपछि उनी त्यतै सामेल भए । नयाँ शक्तिबाटै २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ३ (ख) प्रदेशसभा सदस्यको लागि चुनाव लडेका उनी ५ हजार ६०० मतका साथ पराजित भए । उनी वामगठबन्धनका उम्मेदवार अमर साउँदसँग पराजित भएका थिए ।

राजनीतिक जीवनको उतारचढावका बीच नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष भइसकेका उनी २०७८ चैत्र २८ गते नेकपा माओवादीमा ध्रुवीकृत भए । हाल उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

प्रत्येक वडामा सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्थासँगै निर्वाचन क्षेत्रस्थित प्रत्येक पालिकामा बहुमुखी क्याम्पस स्थापना गर्ने योजना रहेको उनले सुनाए ।

सिँचाइको व्यवस्था गर्न कान्द्रा नदी सिँचाइ परियोजना, गुरही सिँचाइ आयोजनालाई अगाडि बढाउने उनी बताउँछन् । त्यस्तै, जैविक, साँस्कृतिक र पर्यटनको विकासको लागि थारु गाउँहरुलाई हेरिटेज भिलेजको रुपमा विकास गर्दै उद्यमीशिलतासँग पनि जोड्ने उनका योजना छन् ।

को हुन् गौरीशंकर ?

२०४८ सालपछि अनवरत रूपमा संसद भवनभित्र छिर्ने नेता मध्येका एक रामजनम चौधरीको त्यो यात्रामा ब्रेक लगाउने पूर्वमन्त्री हुन् गौरीशंकर चौधरी ‘तारा’ । रणनीतिमा अत्यन्त चतुर मानिने रामजनम २०४८, २०५१ र २०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले शानदार जित हात पारे । ०६४ सालमा भने चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट उनी सभासदमा चुनिए । २०७० सालमा दोस्रो संविधानसभाको चुनावमा फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट उनले चुनाव जिते ।

तर, भूमिसुधार र स्वास्थ्य गरी दुई पटक मन्त्रीसहित २६ वर्ष सत्ता र सरकारको वरिपरि रहने उनको अनवरत विजय यात्रामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गौरीशंकरले पूर्णविराम लगाए । पूर्व कृषि र श्रम मन्त्री समेत रहेका गौरीशंकर चौधरीले २४ हजार ८७९ मत ल्याई चार हजार तीन सय ८५ मतान्तरले रामजनमलाई पराजित गरे ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले । तत्कालीन नेकपा खारेजीपछि एमाले प्रवेश गरेका पूर्वमाओवादी नेता उनले कैलाली निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि यसपटक एमालेबाट उम्मेदवारी दिएका छन् ।

को हुन् गंगा चौधरी ?

कैलाली निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका गंगाराम चौधरी भजनी नगरपालिका–२ मोहनपुर निवासी हुन् । ४४ वर्षीय चौधरी राजनीतिमा भने २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिएका छन् । उसो त २०७४ को निर्वाचन अघि उनी नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउन अहम् भूमिका खेलेका उनी हाल नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।

२०७४ को निर्वाचन अभियान सम्झिदै गंगा चौधरी भने, ‘२०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । २०७४ को निर्वाचनमा रेशम जिताउ अभियान चलायौं । प्रवासमा रहेका रेशम दाइकोे भिडियो बनाइ निर्वाचन क्षेत्रमा प्रोजेक्टरमार्फत प्रचार प्रसार गरियो । यहाँसम्म कि मधेसवादी दलले हाम्रो मुद्दालाई सत्ताको भ¥याङ बनाएपछि छुट्टै पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाव दिनेमा म नै हो ।’

स्थानीय तह निर्वाचनमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीले राम्रो नतिजा ल्याएको छ । ‘हामी न्यायको लागि चुनावमा होमिएका छौ । टीकापुर राजबन्दी रिहाइका लागि हामी निरन्तर संघर्षमा छौं, दोस्रोमा विकास र समृद्धि हाम्रो प्रमुख एजेण्डा हो’, गंगा चौधरी भन्छन्, ‘हामीलाई विश्वास पनि छ, राज्यले न्याय नगरे पनि आमजनताले न्याय गर्नेछन् । हामी जिते लगत्तै टीकापुर घटनासँग सम्बन्धित लाल आयोगसहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । राजबन्दी रिहाइ प्रमुख एजेण्डा हो ।’

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार मलाई अझै त्यही बाल्यकाल प्यारो: पुर्याईदेउन आमा
Next समाचार नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार

२०७९ आश्विन ८, शनिबार २१:१०
फ्ल्यास फोटो

जनयुद्धकी घाइते शैलजा सार्कीको घर शिलान्यास 

२०७९ पुष २६, मंगलवार २०:०५

घोडाघोडीका मेयर, उप मेयरलाई सचेत युवा समूहले ध्यानाकर्षण पत्र बुझायो

२०७९ भाद्र ५, आईतवार १८:१६
फ्ल्यास फोटो

पुष्पकमल दाहाल”प्रचण्ड”ले लिए प्रधानमन्त्रीको शपथ

२०७९ पुष ११, सोमबार १६:३६

दाजुको सम्झनामा मेरो दाई सार्वजनिक

२०७९ श्रावण २८, शनिबार १९:५२

कैलाली – ३ मा प्रदेस र संघमा २९ उम्मेदवार

२०७९ आश्विन २३, आईतवार २०:४१

मलाई अझै त्यही बाल्यकाल प्यारो: पुर्याईदेउन आमा

२०७९ आश्विन ३०, आईतवार ११:५६

कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर

२०७९ आश्विन २२, शनिबार १७:४०
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.